• २०८३ श्रावण ३१ आइतबार

नेपाली श्रमिकका लागि विदेशमा सेल्टर हाउस स्थापना गर्न एनआरएनएको आग्रह

नेपाली श्रमिकका लागि विदेशमा सेल्टर हाउस स्थापना गर्न एनआरएनएको आग्रह

काठमाडौँ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार र सुरक्षित बसोबासका लागि सरकारले सेल्टर हाउस स्थापना गर्नुपर्ने माग गरेको छ ।

गोन्जाउमा जारी एसिया प्रशान्त क्षेत्रीय सम्मेलनअन्तर्गत ‘सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण’ विषयक सत्रमा सहभागीहरूले श्रमिक समस्यामा पर्दा तत्काल राख्ने सुरक्षित स्थान नहुँदा उद्धारमा खटिने एनआरएनए प्रतिनिधिसमेत समस्यामा पर्ने गरेको बताएका छन् ।

एनआरएनएले मलेसियालगायत प्रमुख श्रम गन्तव्यमा सेल्टर, अस्पताल र सीप तालिम केन्द्र स्थापना गर्न, श्रमिकलाई कानुनी सहायता र संरक्षण उपलब्ध गराउन तथा वैदेशिक रोजगार राहत कोषको प्रभावकारी उपयोग गर्न सरकारसँग आग्रह गरेको छ ।

एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई अनिवार्य सीप सिकाउने व्यवस्था गर्नुपर्ने र एनआरएनए प्रतिनिधिलाई अवैतानिक श्रमिक दूतको मान्यता दिनुपर्ने बताएका थिए ।

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले वैदेशिक रोजगारीका विषयमा थप छलफल आवश्यक रहेको भन्दै केही महिनाभित्र नेपालमा बृहत् सम्मेलन आयोजना गर्ने जानकारी दिए ।

सम्मेलनमा दक्ष जनशक्ति उत्पादन, विदेशमा रहेका श्रमिकको सुरक्षा, उद्धार, कानुनी सहायता र स्वदेश फर्किएका श्रमिकको पुनःएकीकरणका विषयमा सरकार, निजी क्षेत्र र एनआरएनएबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै