काठमाडौँ । उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइँदैछ ।
परराष्ट्र मन्त्रालयका अनुसार कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको हो ।
तामाङ कुवेतमा सवारी चालकका रूपमा कार्यरत रहेका थिए ।









