• २०८३ श्रावण ३० शनिबार

श्रीलंकाविरुद्धको टेस्टमा भारतको उत्कृष्ट शुरुवात

श्रीलंकाविरुद्धको टेस्टमा भारतको उत्कृष्ट शुरुवात

काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो दिन उत्कृष्ट सुरुआत गरेको छ ।

श्रीलंकाको गालेमा सुरु भएको टेस्टको पहिलो दिन भारतले २ विकेट गुमाएर २८८ रन बनाएको छ । बर्षाले प्रभावित हुदा पहिलो दिन ७३ ओभरको खेल मात्र सम्भव भएको थियो । 

भारतका लागि देवदत्त पाडिकलले १३१ रनको शतकीय पारी खेल्दै अविजित रहेका छन् । यस्तै, ऋषव पन्त २७ रन बनाएर खेलिरहेका छन् ।

यसअघि ओपनर यशस्वी जयसवालले ३२ बनाएर रन आउट भएका थिए भने केएल राहुल ७७ रन बनाएर हर्ट भएका थिए । त्यस्तै कप्तान शुभमन गिल १६ रन बनाएर आउट भएका थिए । त्यसैगरी श्रीलंकाका बलर प्रबाथ जयसूर्याले एक विकेट लिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै