रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।
शुक्रबार बिहान ८: १० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका थिए । घटनापछि सुरक्षाकर्मी तथा स्थानीयवासीले खोजी गर्ने क्रममा बिहान ११ः३० बजे तीनै जनाको शव फेला परेको हो ।
मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–२ का ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर रहेका छन् ।
पहिरोले घर पुरिएपछि उनीहरू बेपत्ता भएका थिए । खोजी तथा उद्धारका क्रममा तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।









