बाजुरा । त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी २० वर्षीया युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पहिरोमा परी स्थानीय कर्ण थापाकी २० वर्षीया छोरी प्रतिक्षा थापा बेपत्ता भएकी थिइन्। प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा उनलाई घटनास्थलमै मृत अवस्थामा फेला पारेका हुन् ।
पहिरोमा परी सोही स्थानका ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौलीदेवी रावल घाइते भएका छन् । दुवै जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको प्रहरीले जनाएको छ ।
पहिरोले दुईवटा घर पूर्ण रूपमा पुरिएर क्षति भएका छन् । साउन २८ गते साँझदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो गएको बताइएको छ ।






2026-08-14-10-49-09_1000x533_50.webp)


