• २०८३ श्रावण २९ शुक्रबार

‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै

‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै

काठमाडौँ । प्रस्तावित राष्ट्रवादी ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा विधिवत् दर्ता हुने भएको छ । नेता डा. धवलशमशेर राणाले  प्रस्तावित दल आज निर्वाचन आयोगमा दर्ता हुने जानकारी दिएका हुन् ।

दल दर्ताको अवसरमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई दिउँसो १२ बजे निर्वाचन आयोगमा उपस्थित हुन पार्टी निर्माणार्थ गठित कार्यदलले राणाले आग्रह गरेका छन् ।

राष्ट्रवादी पार्टी निर्माणका क्रममा ‘नागरिक बचाउ महाअभियान’सँग भएको सहमतिअनुसार दल दर्ता प्रक्रियामा उक्त अभियानसमेत सहभागी हुने तयारी गरिएको भएपनि दुर्गा प्रसाई भने आजको दल दर्ता कार्यक्रममा सहभागी नहुने भएका छन् । तत्काल दल दर्ता गर्न प्रसाई र राणाबीच फरक धारणा बनेपछि अहिले राणाले मात्र दल दर्ता गर्ने भएको बताइएको छ ।   

यसैबीच, प्रस्तावित ‘जय नेपाल पार्टी’ दर्ता भएको एक साताभित्र प्रस्तावित दल र ‘नागरिक बचाउ महाअभियान’बीच एकीकरण गर्ने सहमति भएको पनि राणाले जानकारी दिएका छन् ।

कार्यदलले दल निर्माण तथा एकीकरण प्रक्रियाबारे अन्य कुनै प्रकारको भ्रममा नपर्न सम्बन्धित सबैलाई आग्रह गर्दै उनले पार्टी निर्माणका लागि गठित कार्यदलले सहमतिअनुसार नै प्रक्रिया अघि बढिरहेको स्पष्ट पारेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै