काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका पाँच समितिको बैठक बस्दैछ । आज बिहान साढे ९ बजे बस्ने अर्थसमितिको बैठकमा उपसमितिहरुका प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी आज बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ मा परेको संशोधनहरुमाथि संशोधनकर्ता माननीयज्यूहरुसँग छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । त्यस्तै बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजेदेखि शुरु हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।









