• २०८३ श्रावण २७ बुधबार

दुर्गा र धवलको ‘जय नेपाल पार्टी’ शुक्रबार निर्वाचन आयोगमा दर्ता गरिदै

दुर्गा र धवलको ‘जय नेपाल पार्टी’ शुक्रबार निर्वाचन आयोगमा दर्ता गरिदै

काठमाडौँ । दुर्गा प्रसाई र डा. धवलशमशेर राणाले खोल्न लागेको नयाँ  ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता हुने भएको छ ।

पार्टी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाउँदै कार्यदलको निर्णयअनुसार साउन २९ गते शुक्रबार दल दर्ता गरिने डा. धवलशमशेर राणाले जानकारी दिएका छन् ।

दल दर्ताको कार्यक्रम शुक्रबार दिउँसो १२: १५ बजे निर्वाचन आयोग, कान्तिपथमा हुने जनाइएको छ ।राणाले नयाँ दलमा आबद्ध नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई दल दर्ताको कार्यक्रममा उपस्थित भएर उत्साह थप्न आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै