• २०८३ श्रावण २५ सोमबार

प्रधानमन्त्री शाहले भारत र चीनका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्दै

प्रधानमन्त्री शाहले भारत र चीनका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्न लागेका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तयारी रहेको छ ।

प्रधानमन्त्री शाहले राजदुतहरुसँग एक्लाएक्लै भेटवार्ता गर्न लागेको यो पहिलो पटक हो । 

प्रधानमन्त्री शाहले यसअघि गत चैत २५ गते नेपालका लागि विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेटवार्ता गरेका थिए ।

यसअघि प्रधानमत्री शाहले विदेशी राजदुत र उच्च अधिकारीहरुलाई भेट्न अस्वीकार गर्दै आएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै