• २०८३ श्रावण २४ आइतबार

‘गौँथली' ले कमायो १९ करोड, ५१औँ दिनको यात्रातर्फ

‘गौँथली' ले कमायो १९ करोड, ५१औँ दिनको यात्रातर्फ

काठमाडौँ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले तेस्रो सातामै १९ करोड रुपैयाँभन्दा बढीको ग्रस व्यापार गरेको छ । योसँगै ‘गौँथली’ यस वर्ष हालसम्म सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र बनेको छ ।

चलचित्रका अधिकांश प्रदर्शन दर्शकले भरिएका छन्। नयाँ चलचित्रको तुलनामा ‘गौँथली’प्रति दर्शकको आकर्षण बढ्दै गएको र सकारात्मक चर्चा भइरहेकाले यसको व्यापार २५ करोड रुपैयाँसम्म पुग्ने अपेक्षा गरिएको छ ।

विसं २०५७ मा बनेको ‘गौँथली’ ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । त्यसैको नयाँ रूपका रूपमा २६ वर्षपछि बनेको चलचित्रलाई डा. भोला रिजालको कथामा उनका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन् । ‘ह्यारी कि प्यारी’पछि यो उनको दोस्रो निर्देशकीय चलचित्र हो ।

दर्शकको सकारात्मक प्रतिक्रिया र चलचित्रप्रतिको बढ्दो आकर्षणले ‘गौँथली’ले पुनः ५१औँ दिन मनाउने सम्भावना बढेको निर्देशक कपिल रिजालले बताएका छन् । चलचित्रलाई दर्शकले आफन्त र छिमेकीलाई समेत हेर्न सुझाइरहेको उनको भनाइ छ ।

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराललगायत कलाकारको अभिनय छ। घर, परिवार, सम्बन्ध र आत्मीयतालाई केन्द्रमा राखिएको चलचित्रको कथा डा. भोला रिजालको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै