• २०८३ श्रावण २४ आइतबार

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका केही र मधेश साथै कोशी, बागमती र गण्डकी  प्रदेशका तराई भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली प्रदेशको पहाडी भू-भाग र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका  केही स्थानमा  वर्षा/हिमपातको सम्भावना छ।  कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश साथै कर्णाली प्रदेशको  पहाडी  भू-भाग तथा बागमती  प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सूदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भाग साथै बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै