• २०८३ श्रावण २३ शनिबार

श्रीलंकन अलराउण्डर धनञ्जय पोखराबाट पुन: एनपीएल खेल्दै

श्रीलंकन अलराउण्डर धनञ्जय पोखराबाट पुन: एनपीएल खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी पोखरा एभेन्जर्सले श्रीलंकन अलराउण्डर धनञ्जय लक्षणलाई पुन: तेस्रो सिजनका लागि पनि भित्र्याएको छ ।

पोखराले लक्षणलाई पुनः टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । उनले गत संस्करणमा पनि पोखराको प्रतिनिधित्व गर्दै ब्याट र बल दुवैबाट प्रभावशाली प्रदर्शन गरेका थिए । गत सिजनमा उनले ३ खेलमा १० विकेट लिएका थिए । 

२७ वर्षीय लक्षणले श्रीलंकाका लागि तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् भने ७० टी-२० खेल खेलेका छन् ।

पोखरा एभेन्जर्सले यसअघि बंगलादेशका स्टार अलराउण्ड शकिब अल हसनलाई पनि भित्र्याएको छ ।

कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरामा सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेल, सन्नी विक, विवेक राना मगर, सुदिप अर्याल, अर्जुन घर्ति, प्रतिक पोखरेल र विपिन आचार्यलगायतका नेपाली खेलाडी रहेका छन् । पोखराको हेड कोचमा श्रीलंकाकै अजन्था मेन्डिस रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै