काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको जानकारी दिएको छ ।
हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ। बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । तराई भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।









