• २०८३ श्रावण २१ बिहीबार

नेपालले अस्ट्रेलियामा न्यूजील्याण्ड ए सँग ५० ओभरको एक खेल खेल्ने

नेपालले अस्ट्रेलियामा न्यूजील्याण्ड ए सँग ५० ओभरको एक खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले न्यूजील्याण्ड ए विरूद्ध ५० ओभरको खेल खेल्ने भएको छ ।

अस्ट्रेलियामा हुने टप इन्ड टी-२० सिरिजपछि नेपाल र न्यूजील्याण्ड ए बीच ५० ओभरको एक खेल हुने भएको हो । ५० ओभरको खेल सेप्टेम्बर ६ मा डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने न्युजील्याण्ड क्रिकेट एसोसियसनले जानकारी दिएको छ । 

त्यसअघि नेपालले पनि टप इन्ड टी-२० प्रतियोगितामा भाग लिने छ । नेपालविरुद्ध खेल्ने न्यूजील्याण्ड ए को टिममा मुहम्मद अब्बास, आदि अशोक, म्याट बोयल, म्याक्स चु, क्रिस्टियन क्लार्क, जोस क्लार्कसन, म्याट फिसर, डिन फक्सक्रफ्ट, ज्याक गिब्सन, मिच हे, बेभोन ज्याकोब्स, जेडन लेनोक्स, बेन लिस्टर, राइस मारिउ र टिम रोबिन्सन रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै