• २०८३ श्रावण २१ बिहीबार

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली राजदूत पार्कको बिदाई भेट

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली राजदूत पार्कको बिदाई भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत तेयोङ पार्कले बिदाई भेट गरेका छन् ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहयोग विस्तार गर्न राजदूत पार्कले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

राजदूत पार्कले आफ्नो कार्यकालभर नेपाल सरकार र नेपाली जनताबाट प्राप्त सहयोग, सद्भाव र समर्थनप्रति आभार व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै