सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा गएका आफ्नै हजुरबुबालाई कुटपिट गरी हत्या गर्ने नाति पक्राउ परेका छन् ।
सोलुदुधकुण्ड नगरपालिका–१ लुदु निवासी अन्दाजी ५० वर्षीय कृष्णगोपाल विश्वकर्मा साउन १८ गते सोही स्थान बस्ने आफ्ना अन्दाजी २३ वर्षीय नाति निरबहादुर विश्वकर्माको घरमा न्वारन पूजामा गएका थिए। सोही क्रममा निरबहादुरले कुटपिट गर्दा कृष्णगोपाल गम्भीर घाइते भएका थिए । घाइते कृष्णगोपाल विश्वकर्माको उपचारका क्रममा साउन १९ गते मृत्यु भएको हो ।
घटनामा संलग्न निरबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









