सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका -२ नवलपुर पुल नजिक यात्रु सवार कार सुनकोसी नदीमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८००१ ख ०१४४ नम्बरको गणेश हिमाल तराई यातायातको बसले ठक्कर दिँदा यात्रुसहितको कार सुनकोसी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
नदीमा खसेको कार बससँग ठोक्किएपछि सुनकोसी नदीमा खसेको र कारमा एकजना निर्माण व्यवसायी, एकजना अपरेटरसहित तीनजना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।
घटनास्थलमा हाल नेपाल प्रहरी,सशस्त्र प्रहरीको गोताखोर टोली तथा स्थानीयले संयुक्तरूपमा खोजि कार्य गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।









