काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साउन १७ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई गरेको छ ।
जस अनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म १३ करोड ६४ लाख ४६ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ४ लाख ९४ हजार ९१५ टिकट बिक्री गरेको छ ।
त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म रोल नम्बर १ ले अहिलेसम्म एक करोड ७८ लाख ६२ हजार कमाई गरेको छ । यस फिल्मले ७१ हजार ५२८ टिकट विक्री गरेको छ ।









