• २०८३ श्रावण १८ सोमबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, ९८ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, ९८ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी, मधेश र कोशीमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ९८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २८ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २१ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १२ जना, बागमतीमा ४ जना घाइते भएका छन् भने लुम्बिनीमा २२ जना, सुदूरपश्चिममा ९ जना र कर्णालीमा २ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै