• २०८३ श्रावण १७ आइतबार

सिरहाको गोलबजार क्षेत्रको कर्फ्यू हटाइयो

सिरहाको गोलबजार क्षेत्रको कर्फ्यू हटाइयो

सिरहा । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यू हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षा अवस्थाको विश्लेषणपछि आज साँझ ७ बजेदेखि कर्फ्यू हटाएको हो ।

प्रशासनले यसअघि आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यू खुकुलो पारेको थियो ।

सुनसरी घटनाका कारण अवस्था अनियन्त्रित बनेपछि सिरहामा साउन १४ गतेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै