• २०८३ श्रावण १७ आइतबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, ९० जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, ९० जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यका र लुम्बिनी प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ भने गण्डकी र सुदूरपश्चिममा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ९० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १३ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १० जना घाइते भएका छन् । त्यस्तै कोशीमा ९ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा १३  जना, सुदूरपश्चिममा १७ जना, गण्डकीमा एक जना र कर्णालीमा २ घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै