काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ९२ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जना, मधेशमा २ जना तथा कोशी, बागमती र गण्डकीमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ९२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १४ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ११ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २६ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा १३ जना, सुदूरपश्चिममा २१ जना र कर्णालीमा ५ घाइते भएका छन् ।









