• २०८३ श्रावण ८ शुक्रबार

अमेरिकाले करिब ६० देशका सामानमा नयाँ भन्सार शुल्क लगाउने

अमेरिकाले करिब ६० देशका सामानमा नयाँ भन्सार शुल्क लगाउने

काठमाडौँ । अमेरिकाले करिब ६० वटा व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा नयाँ भन्सार शुल्क लगाउने निर्णय गरेको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार ती देशहरूले जबर्जस्ती श्रम रोक्न पर्याप्त कदम नचालेकाले यस्तो शुल्क लगाउन लागिएको हो । नयाँ भन्सार शुल्क १० देखि १२.५ प्रतिशतसम्म हुनेछ । यो शुल्क अमेरिकाका प्रमुख व्यापारिक साझेदार देशहरूमा लागू हुनेछ । यसमा भारत, बेलायत, चीन, युरोपेली संघ, क्यानडा र जापानलगायत देशहरू रहेका छन् ।

यो नयाँ शुल्क शुक्रबारदेखि लागू हुने बताइएको छ । यसअघि यसै वर्ष विदेशी सामानमा लगाइएको अस्थायी १० प्रतिशत भन्सार शुल्कको अवधि समाप्त हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति बनेपछि सुरु भएको व्यापारिक तनावका क्रममा यो पछिल्लो ठूलो कदम मानिएको छ ।

यसअघि अमेरिकी सर्वोच्च अदालतले आपत्कालीन अधिकार प्रयोग गर्दै विश्वका विभिन्न देशमाथि लगाइएका धेरै भन्सार शुल्क कानुनी रूपमा मान्य नरहेको फैसला गरेको थियो ।

त्यसपछि राष्ट्रपति ट्रम्प प्रशासनले आफ्नो प्रमुख व्यापार नीति लागू गर्न अन्य कानुनी बाटो खोज्न थालेको थियो ।

गत महिना अमेरिकी राष्ट्रपतिको कार्यालयले पहिलोपटक जबर्जस्ती श्रम रोक्न पर्याप्त प्रयास नगरेको आरोप लागेका देशहरूबाट आउने सामानमा १० देखि १२.५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने प्रस्ताव अघि सारेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै