• २०८३ श्रावण ५ मंगलबार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स पुनः बने पिता

अमेरिकी उपराष्ट्रपति जेडी भान्स पुनः बने पिता

काठमाडौँ । अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र उनकी पत्नी तथा अमेरिकाकी द्वितीय महिला उषा भान्सलाई पुत्र लाभ भएको छ। नवजात शिशुको नाम एलेक निल भान्स राखिएको छ ।

भान्स दम्पतीले सामाजिक सञ्जालमार्फत संयुक्त वक्तव्य जारी गर्दै यो खुसीको खबर सार्वजनिक गरेका हुन् । उनीहरूका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो छ ।

यो घटना अमेरिकी इतिहासमा विशेष मानिएको छ । पछिल्लो १५६ वर्षयता कार्यकालमै कुनै बहालवाला उपराष्ट्रपतिका घरमा सन्तान जन्मिएको यो पहिलो पटक हो ।

नयाँ सदस्यको आगमनसँगै भान्स परिवारमा अहिले चार सन्तान भएका छन् । यसअघि उनीहरूका नौ वर्षीय इभान, छ वर्षीय विवेक र चार वर्षीया मिराबेल छन्। 

जेडी भान्स अमेरिकामा घट्दो जन्मदरबारे चिन्ता व्यक्त गर्दै आएका नेतामध्ये एक हुन् । उनले विभिन्न सार्वजनिक कार्यक्रममा धेरै सन्तान जन्माउन प्रोत्साहन गर्नुपर्ने धारणा राख्दै आएका छन् । भारतीय मूलकी उषा भान्ससँग उनी प्रायः विदेश भ्रमणमा पनि सँगै देखिने गरेका छन् । अमेरिकी इतिहासमा बहालवाला शीर्ष नेताका घरमा कार्यकालकै दौरान सन्तान जन्मिने घटना अत्यन्त दुर्लभ मानिन्छ । यसअघि सन् १८७० मा तत्कालीन उपराष्ट्रपति शुलर कोलफ्याक्सका घरमा र सन् १८२९ मा उपराष्ट्रपति जोन सी. क्यालहुनका घरमा सन्तान जन्मिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै