• २०८३ श्रावण ६ बुधबार

अनशन तोड्न सोनम वाङ्चुकलाई ककरोच जनता पार्टीको आग्रह

अनशन तोड्न सोनम वाङ्चुकलाई ककरोच जनता पार्टीको आग्रह

काठमाडौं । ककरोच जनता पार्टीले सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई अनशन अन्त्य गर्न आग्रह गरेको छ। पार्टीले बुधबार खुला पत्र जारी गर्दै उहाँको त्यागले देशभरका हजारौं विद्यार्थीलाई प्रेरित गरेको भन्दै अब स्वास्थ्यको पनि ख्याल गर्न अनुरोध गरेको हो ।

पार्टीले पत्रमा जुलाई २० मा विभिन्न राज्यबाट युवाहरू वाङ्चुक र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पुगेको उल्लेख गर्दै यो संघर्ष कुनै एक व्यक्तिको नभई परीक्षा प्रणालीमा न्याय खोज्ने सबै विद्यार्थीको भएको जनाएको छ ।

साथै, वाङ्चुकले अनशन तोडे पनि आन्दोलन नरोकिने स्पष्ट पार्दै परीक्षा प्रणालीमा न्याय सुनिश्चित नभएसम्म संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ । आन्दोलनलाई थप प्रभावकारी रूपमा अघि बढाउन हरसम्भव प्रयास गरिने पनि पत्रमा उल्लेख छ ।

पार्टीका संस्थापक अभिजीत दीपकेले पनि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै वाङ्चुकलाई अनशन अन्त्य गर्न आग्रह गरेका छन् । उनले देशलाई सोनम वाङ्चुकको आवश्यकता रहेको र उनको जीवन थप जोखिममा पार्न नहुने बताउँदै जन्तर-मन्तरमा भइरहेको शान्तिपूर्ण प्रदर्शन माग पूरा नभएसम्म निरन्तर जारी रहने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै