काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रेसले प्रमुख तीन दलले प्रदेशमा एक साथ सरकार बनाउन नहुने अडान लिएपछि एमाले र नेकपा नजिकिएका हुन् ।
प्रदेशमा सहकार्य गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डबीच छलफल भएको छ ।
नेकपा सचिव महेश बस्नेतले दुवै नेताको छलफलपछि प्रचण्डले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएको जानकारी दिएका छन् । बस्नेतले यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक पाइला बन्ने बताउदै वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा गरेका छन् ।
सातै प्रदेशमा सहकार्यको मोडल बारे अब छलफल टुंगिने नेताहरुले बताएका छन् ।









