• २०८३ श्रावण ५ मंगलबार

साफ च्याम्पियनसिप बङ्गलादेशमा हुने

साफ च्याम्पियनसिप बङ्गलादेशमा हुने

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले च्याम्पियनसिप २०२६ बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुने घोषणा गरेको छ । प्रतियोगिता आगामी कात्तिक १८ देखि मंसिर १ गते (नोभेम्बर ४-१७) सम्म सञ्चालन हुनेछ ।

दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा साफका सबै सदस्य राष्ट्रको सहभागिता रहने अपेक्षा गरिएको छ । यस संस्करण साफ च्याम्पियनसिपको १५औँ संस्करण हुनेछ भने सन् २०१८ पछि पहिलो पटक बङ्गलादेशले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगिताको तयारीस्वरूप आगामी जुलाई २५ मा ढाकामा आधिकारिक लोगो सार्वजनिक गरिनेछ । त्यसपछि अगस्ट १ मा भुटानको थिम्फुमा समूह विभाजनका लागि गोलाप्रथा कार्यक्रम आयोजना गरिने साफले जनाएको छ ।

नेपाल भने हाल फिफाको निलम्बनमा रहेकाले प्रतियोगितामा सहभागिता स्पष्ट भएको छैन  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै