• २०८३ श्रावण ५ मंगलबार

आज १ हजार २५० मेट्रिक टन डिएपी मल आइपुग्दै

आज १ हजार २५० मेट्रिक टन डिएपी मल आइपुग्दै

काठमाडौँ । नेपालमा आज १ हजार २५० मेट्रिक टन डिएपी मल आइपुग्ने भएको छ ।

ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपी मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल आज  नेपाल आईपुग्ने कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । 

बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको छ । त्यस्तै ३०,००० मे टन युरिया मल समेत कलकत्तामा आईपुगेको र हाल अनलोडिङ र ब्यागिङ भैरहेको हुदा भोलि एक रेक बिरगन्जका लागि लोडिङ गर्ने तयारि भै रहेको कृषि सामग्रि कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै