• २०८३ श्रावण २ शनिबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२१ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२१ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५  जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशीमा ४ जनाको मृत्यु भएको छ भने मधेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४३ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १६ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, सुदूरपश्चिममा ४ जना, बागमतीमा ६ जना र  कर्णालीमा २ घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै