• २०८३ श्रावण १ शुक्रबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ८१ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ८१ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५  जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, काठमाडौँ उपत्यका, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ८१  जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २१ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १९ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १९ जना घाइते भएका छन् भने लुम्बिनीमा १४ जना, सुदूरपश्चिममा २ जना, बागमतीमा ४ जना र  कर्णालीमा २ घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै