• २०८३ असार ३१ बुधबार

सेवानिवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वोच्च अदालतको अन्तरिम आदेश

सेवानिवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ  । सर्वोच्च अदालतले सेवानिवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सम्पत्ति छानबिन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ । 

बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले सेवानिवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सम्पत्ति छानबिन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको  । 

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको एकल इजलासले यस्तो आदेश गरेको हो । सिंहले न्यायाधीशको सम्पत्ति विवरण माग्न नपाइने भन्दै सम्पत्ति छानबिन आयोगविरुद्ध अन्तरिम आदेश माग गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै