• २०८३ असार ३० मंगलबार

उखु किसानलाई २२ करोडभन्दा बढी भुक्तानी नगरेका अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ

उखु किसानलाई २२ करोडभन्दा बढी भुक्तानी नगरेका अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ

सर्लाही । उखु किसानलाई करिब २२ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा दर्ता भएको मुद्दामा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासी, रामग्राम नगरपालिका–२ बस्ने शैलेन्द्र गुप्ता र जिल्ला सर्लाही, हरिपुर नगरपालिका–१ घर भई हाल पश्चिम नवलपरासी बस्ने विनोद साह कलवार रहेका छन् ।

उखु किसानलाई लामो समयदेखि करिब २२ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा दर्ता भएको मुद्दामा फरार रहेका दुवै जनालाई पक्राउ गरिएको हो ।

उनीहरूविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनिफिट) सम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै