काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ११४ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुदूरपश्चिममा ३ जना, गण्डकी र कोशी प्रदेशमा २-२ जना र मधेश र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ११४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा ३५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २० जना घाइते भएका छन् भने लुम्बिनीमा ११ जना, सुदूरपश्चिममा १३ जना, काठमाडौँ बाहेक बागमतीमा ५ जना र कर्णालीमा १ घाइते भएका छन् ।









