• २०८३ असार २७ शनिबार

आज विश्व जनसंख्या दिवस मनाइदै

आज विश्व जनसंख्या दिवस मनाइदै

काठमाडौँ । प्रत्येक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाइन्छ। सन् १९९० देखि मनाउन थालिएको यो दिवसले विश्वको बढ्दो जनसंख्या, त्यसको प्रभाव र दिगो विकासका चुनौतीबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ ।

विश्व जनसंख्या घडीका अनुसार विश्वको जनसंख्या निरन्तर बढिरहेको छ। उपलब्ध तथ्यांकका आधारमा सन् २०२३ मा विश्वको जनसंख्या ८ अर्ब पुगेको थियो भने सन् २०२६ को जुलाईसम्म यो संख्या ८ अर्ब २० करोड पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै सन् २०३९ सम्म ९ अर्ब, सन् २०६० सम्म १० अर्ब पुग्ने र सन् २०९२ मा करिब १० अर्ब ६० करोडको उच्च बिन्दुमा पुगेपछि विस्तारै घट्न थाल्ने अनुमान गरिएको छ ।

यी अनुमान जनसंख्या वृद्धि, जन्मदर, मृत्युदर तथा बसाइँसराइसँग सम्बन्धित तथ्यांकको विश्लेषणका आधारमा तयार गरिएका हुन् । कतिपय देशका उपलब्ध तथ्यांक पुराना भएकाले आवश्यक परिमार्जन र प्रक्षेपणसमेत गरिएको जनाइएको छ । नयाँ तथ्यांक प्राप्त हुँदै जाँदा जनसंख्यासम्बन्धी अनुमान र प्रक्षेपणमा परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ ।

विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशमा भारत, चीन, इन्डोनेसिया, पाकिस्तान र अमेरिका रहेका छन् , जसमा चार देश एसियाली मुलुक हुन् ।

अन्तर्राष्ट्रिय जनसंख्या तथ्यांक प्रणालीले पाँच हजार वा सोभन्दा बढी जनसंख्या भएका विश्वका २२७ देश तथा क्षेत्रको जनसंख्या सम्बन्धी अनुमान र प्रक्षेपण उपलब्ध गराउँदै आएको छ । यी तथ्यांकले विभिन्न देशको जनसांख्यिक अवस्था बुझ्न, विकास योजना बनाउन तथा नीतिगत निर्णय लिन सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै