• २०८३ असार २७ शनिबार

सर्लाहीमा युवकले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास, अवस्था चिन्ताजनक

सर्लाहीमा युवकले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास, अवस्था चिन्ताजनक

काठमाडौं । सर्लाहीमा एक युवकले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । 

सर्लाही ४ बाट निर्वाचित सांसद अमरेस कुमार सिंहका अनुसार गोडैता नगरपालिका-१० का ३५ वर्षीय विवेक मण्डलले बिहीबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । उनको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । 

सांसद सिंहले मण्डलको अवस्था चिन्ताजनक रहेको जानकारी दिदै घाइतेलाई लिन हेलिकोप्टर पठाइएको र निःशुल्क उपचार हुने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै