• २०८३ असार २६ शुक्रबार

बर्षामान पुनले संसदमा पढे प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्ट्याटस

बर्षामान पुनले संसदमा पढे प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्ट्याटस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले २०७९ सालमा प्रेम आचार्यले संसद भवन बानेश्वर अगाडी आत्मदाह गर्दा बालेनले लेखेको स्ट्याटस संसद्‍मा पढेर सुनाएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह स्मरण गर्दै प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्ट्याटस स्मरण गराएका हुन् ।

त्यति बेला काठमाडौँ महानगरको प्रमुख रहेका बालेनले सामाजिक सञ्जालमा लेखेका थिए- 'एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर निराशा पोख्छन् । त्यो निराशाका कारण र धेरै संकेतहरू होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।'

सांसद पुनले प्रधानमन्त्री बालेनको यो बुझाइमा अहिले पनि छ वा फेरियो भन्दै प्रश्न समेत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै