पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले १०२ किलो ६३८ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला पर्सा जगरनाथपुर २ सोनबर्साबाट भारततर्फ जाँदै गरेको बीआर ०१ सियु ३५४४ नम्बरको सेतो स्पोर्ट्स कारलाई जाँच गर्ने क्रममा कारभित्र लुकाइराखिएको १० पोका गाँजा बरामद गरिएको हो । बरामद गाँजाको तौल १०२ केजी ६३८ ग्राम रहेको छ ।
घटनामा कार चालक भारतको बेतिया, नवलपुर बस्ने अन्दाजी ३२ वर्षका गुडु बर्मालाई गाँजा र कारसहित नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका व्यक्ति, बरामद गरिएको गाँजा तथा सवारी साधनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको प्रहरीले जनाएको छ ।









