• २०८३ असार ५ शुक्रबार

पर्सास्थित बाल सुधार गृहबाट फरार दुई बालक पक्राउ

पर्सास्थित बाल सुधार गृहबाट फरार दुई बालक पक्राउ

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–४ स्थित बाल सुधार गृहबाट फरार भएका दुई बालकलाई प्रहरीले डेढ घण्टामै पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो करिब १: २० बजे डाका तथा चोरी मुद्दामा बाल सुधार गृहमा रहेका सर्लाहीको मलंगवा नगरपालिका–३ निवासी वशिर साहका १० वर्षीय छोरा नौसाद साह र सहिद साहका ११ वर्षीय छोरा नजिर साह फरार भएका थिए ।

उनीहरूले सुधार गृहको पूर्वतर्फ रहेको भवनको माथिल्लो तलाको शौचालयको भेन्टिलेसन फुटाएर भागेका थिए । घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली परिचालन गरी खोजी अभियान सञ्चालन गरिएको थियो।

खोजतलासका क्रममा शुक्रबार दिउँसो करिब ३: ३० बजे नेपाल–भारत सीमा क्षेत्रस्थित मितेरी पुल नजिकबाट दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै