• २०८३ असार १४ आइतबार

तिनाउ खोलाबाट एक जनाको सकुशल उद्धार

तिनाउ खोलाबाट एक जनाको सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गारनगरस्थित तिनाउ खोलामा बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरिएको छ।

आइतबार बिहान बाढी आएको बेला खोलाले बगाएका दाउरा निकाल्न गएका जिल्ला गुल्मी, मालिका गाउँपालिका ३ पैयुखर्क घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका १७ रानीगञ्ज बस्ने ३१ वर्षीय गोरखबहादुर वि.क. बाढीमा फसेका थिए । इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलको संयुक्त टोलीले उनलाई सकुशल उद्धार गरेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै