• २०८३ असार १३ शनिबार

स्पेन समुह विजेता, केप भर्डे इतिहास बनाउदै नकआउट चरणमा

स्पेन समुह विजेता, केप भर्डे इतिहास बनाउदै नकआउट चरणमा

काठमाडौँ । जारी फिफा फुटबल विश्वकपमा समुह एचबाट स्पेन र केप भर्डे नकआउट चरणमा पुगेका छन् ।

शनिबार बिहान सम्पन्न खेलमा स्पेनले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेपछि समुहमा ३ खेलमा ७ अंकसहित विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्पेनको जितमा खेलको ४२औं मिनेटमा एलेक्स बएनाले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

त्यसैगरी केप भर्डेले भने समुह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै समुहमा ३ खेलमा ३ अंक हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको छ । पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले योसँगै नयाँ इतिहास बनाएको छ ।

अब नकआउट चरणमा केप भर्डेले विश्वकपको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सामना गर्ने भएको छ । त्यस्तै स्पेनले भने नकआउटमा समुह जे को उपविजेतासँग खेल्ने छ ।

त्यसैगरी यस समुहवाट उरुग्वे र साउदी अरेबिया भने बाहिरिएका छन् । दुवैको ३-३ खेलमा २-२ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै