• २०८३ असार १२ शुक्रबार

प्रतिनिधिसभाको बैठक फेरि सारियो

प्रतिनिधिसभाको बैठक फेरि सारियो

काठमाडौं  । प्रतिनिधिसभा बैठक फेरि सारिएको छ । शनिबार बिहान ११ बजे बस्ने गरि तोकिएको बैठक फेरि सारेर आइतबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ अनुसार शनिबारका लागि सारिएको बैठक आइतबार बस्ने गरी सभामुख डोलप्रसाद (डीपी) अर्यालले सारेका हुन् ।

यसअघि विहिबारका लागि तोकिएको बैठक आजका लागि तोकिएको थियो । आज बिहान सूचना प्रकाशित गर्दै बैठक शनिबार बिहान ११ बजे बस्ने तोकिएको थियो । सत्तारुढ रास्वपाका अधिकांश सांसदहरू महाधिवेशनका लागि चितवनमा रहेकाले संसद बैठक बस्दै सारिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै