• २०८३ असार १२ शुक्रबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, ८७ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, ८७ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने कोशीमा २ तथा बागमती र लुम्बिनीमा एक एक  जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ८७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा २० जना घाइते भएका छन् । त्यस्तै कोशीमा १८ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ७ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा ४ जना, काठमाडौँ बाहेक बागमती प्रदेशमा ७ जना र सुदूरपश्चिममा २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै