काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने कोशीमा २ तथा बागमती र लुम्बिनीमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ८७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा २० जना घाइते भएका छन् । त्यस्तै कोशीमा १८ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ७ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा ४ जना, काठमाडौँ बाहेक बागमती प्रदेशमा ७ जना र सुदूरपश्चिममा २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।









