काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
समितिका अनुसार बिहान साढे १० बजे बस्ने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति र सुदुरपश्चिम प्रदेशको प्रदेश सभा अन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिबीच तहगत व्यवस्थापिका तथा वित्तीय अन्तरसम्बन्ध र प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित विषयहरुमा छलफलको कार्यसूची रहेको छ ।









