• २०८३ असार ११ बिहीबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ११६ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ११६ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६  जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने कोशी र काठमाडौँ र सुदूरपश्चिम प्रदेशमा एकजनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४२ जना घाइते भएका छन् भने काठमाडौँमा २२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ३३ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ७ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा ६ जना, बागमतीमा ४ जना र सुदूरपश्चिममा २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै