रौतहट । आफ्नै श्रीमती ३२ वर्षीया आरति देवी यादवको हत्या गरी फरार रहेका फतुवा विजयपुर नगरपालिका-६ पेटभर्वा टोल बस्ने ४२ वर्षीय महन्थ राय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
२०८२ फागुन ३ गते धारिलो हतियार बन्चरो प्रहार गरी आरतिको हत्या गरी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले फतुवा विजयपुर नगरपालिका-८ विजयपुरबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









