• २०८३ असार ११ बिहीबार

फिफाद्वारा एन्फा निलम्बन

फिफाद्वारा एन्फा निलम्बन

काठमाडौँ ।  अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । 

फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको उल्लेख छ । एन्फामा फिफाले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउदै प्रतिबन्ध लगाएको छ ।

निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ ।

निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् । साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत रोकिएको छ ।

एन्फाले आफ्नो निर्वाचनको तयारी गरिरहेका बेला राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेपछि विवाद शुरु भएको थियो ।

पछि जेठ १ गते परिषदले एन्फाको निलम्बन फुकुवा गरेपनि फिफाले दिएको समय सीमा भित्र एन्फालाई स्वतन्त्र रुपमा काम गर्न नदिएको भन्दै निलम्बन गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै