• २०८३ असार १० बुधबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने नुवाकोट घर भएका २६ वर्षीय बिशाल बानिया, काठमाडौं महानगरपालिका-१४ बस्ने २९ वर्षीय रिजन खङी र ललितपुर सातदोबाटो बस्ने कैलाली घर भएका २३ वर्षीया प्रिन्सी शाह रहेका छन् । 

पक्राउ मध्ये बिशालले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, रिजनले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८५ हजार रूपैयाँ र प्रिन्सीले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिशाल र रिजनलाई काठमाडौं महानगरपालिका-१४ बाट र प्रिन्सीलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको  हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै