काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) ले इङ्ग्ल्यान्ड भ्रमणका लागि भारतको एकदिवसीय टोली घोषणा गरेको छ ।
शुभमन गिललाई टोलीको कप्तान बनाइएको छ भने श्रेयस अय्यरलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । वरिष्ठ खेलाडी रोहित शर्मा र विराट कोहली पनि टोलीमा समावेश छन् ।
इङ्ग्ल्यान्डविरुद्धको यो शृङ्खलालाई सन् २०२७ को एकदिवसीय विश्वकपको तयारीका लागि महत्वपूर्ण मानिएको छ । भ्रमणका क्रममा पाँच टी-२० र तीन एकदिवसीय खेल खेलिनेछन् ।
टी-२० टोली यसअघि नै घोषणा भइसकेको छ । उक्त टोलीको कप्तानी श्रेयस अय्यरले गर्नेछन् ।
भारतको एकदिवसीय टोली : शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर (उपकप्तान), केएल राहुल (विकेटकिपर), इशान किशन (विकेटकिपर), वासिङ्टन सुन्दर, अक्षर पटेल, नितिश कुमार रेड्डी, कुलदीप यादव, जसप्रित बुमराह, प्रसिद्ध कृष्णा, हर्षित राणा, अर्शदीप सिंह र गुरनुर बरार ।
भारतले ५ खेलको टी-२० सिरिज खेलेपछि जुलाई १४ मा एकदिवसीय सिरिजको पहिलो खेल खेल्ने छ । त्यस्तै दोस्रो खेल जुलाई १६ मा र तेस्रो खेल जुलाई १९ मा खेल्ने तालिका छ ।









