• २०८३ असार ७ आइतबार

दाङको सामुदायिक वनबाट ६ नाल भरुवा बन्दुक बरामद

दाङको सामुदायिक वनबाट ६ नाल भरुवा बन्दुक बरामद

दाङ । दाङको घोराही उपमहानगरपालिका–१ स्थित माले सल्लीकोट सामुदायिक वनको झाडीमा लुकाइ राखिएको अवस्थामा ६ नाल भरुवा बन्दुक फेला परेको छ।

प्रहरीका अनुसार बरामद गरिएका सबै बन्दुक लोड अवस्थामा थिए। घटनास्थलबाट करिब ४ सय ग्राम बारुद, ३३ वटा केप, १३ वटा फलामका गोली तथा दुई बट्टा सलाइ पनि बरामद गरिएको छ।

यी हतियार तथा सामग्री कसले र किन लुकाएर राखेको हो भन्नेबारे खुल्न सकेको छैन। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै